इजरायलद्वारा बेरुतमा फेरि हवाई आक्रमण

इजरायलद्वारा बेरुतमा फेरि हवाई आक्रमण

एजेन्सी : लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको छ।

बेरुतबाट आएको रिपोर्टका अनुसार स्थानीय एयरपोर्टभन्दा बाहिर रहेको यस क्षेत्रमा इजरायलले आक्रमण गरेको हो।

यसअघि इजरायली सेनाले मानिसहरूलाई यस क्षेत्रका दुईवटा भवनबाट बाहिर निस्कन आग्रह गरेको थियो।

यसका अलावा इजरायलले पनि वेस्ट बैंकमा हमासविरुद्ध सैन्य कारबाही गरेको छ।

वेस्ट बैंकका प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको बताएका छन्।

अधिकारीहरूका अनुसार इजरायलले तुलकर्म शरणार्थी शिविरमा हवाई आक्रमण गरेको छ।

इजरायलले यस आक्रमणमा हमासका वरिष्ठ सदस्य जाही यासर अब्द अल रजाक मारिएको दाबी गरेको छ।

पछिल्लाे दुई हप्तादेखि इजरायलले हिजबुल्लाहको मुख्य गढ मानिएको दक्षिणी बेरुतमा आक्रमणलाई तीव्र पारेको छ।

यसबीच इरानले इजरायलमाथि आक्रमण गरेकाे छ भने लेबनानमा घुसेरै गरिएको सैन्य कारबाहीमा इजरायली सेनाका आठ सैनिकको मृत्यु भएको छ।

असोज १७, २०८१ शुक्रबार ०८:०७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।