झिलिमिली देवीथानमा फोटो खिच्ने धुन, दर्शनार्थी दुर्लभ

काठमाडौँ : आज बिहीबार घटस्थापनासँगै जमरा राखेसँगै दशैँ विधिवत् रूपमा हिन्दु धर्मावलम्वीहरुको घरमा प्रवेश गरेको छ। आजैबाट नवरात्री सुरु भयो। नव दुर्गाको थानहरू झकिझकाउ भएका छन्।
नवरात्र सुरु भएसँगै काठमाडौँका शक्तीपिठहरुमध्ये पछिल्लो समय मैतीदेवी मन्दिर दर्शनार्थीहरुको आकर्षणको केन्द्र बन्दै आएको छ। झकिझकाउ सजावटका कारण नवरात्र भर सो क्षेत्रमा शक्तीपिठ धाउनेहरूसँगै तस्बिर खिच्नेहरूको पनि उत्तिकै भिड लाग्ने गरेको छ।
एकातिर विभिन्न सांस्कृतिक बाजागाजा सहित मन्दिर दर्शन गर्न आउने भक्तजनको घुइँचो लाग्छ भने अर्कोतिर तस्बिर खिच्ने र टिकटक बनाउनेहरूको सङ्ख्या पनि उत्तिकै बाक्लो हुने गरेको छ।
त्यही भिडमा केही दुर्लभ दर्शनार्थीहरु पनि थिए है।
असोज १७, २०८१ बिहीबार २२:३९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।