पाकिस्तानमा प्रमुख मुद्दाहरूमा सांसदलाई पार्टीको ह्वीप नलाग्ने सर्वोच्चको फैसला, सरकारले सांसद खरिदबिक्री गर्नसक्ने

पाकिस्तानमा प्रमुख मुद्दाहरूमा सांसदलाई पार्टीको ह्वीप नलाग्ने सर्वोच्चको फैसला, सरकारले सांसद खरिदबिक्री गर्नसक्ने

एजेन्सी : पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार सांसदहरूले प्रमुख मुद्दाहरूमा आफ्नो पार्टीबाट अलग भएर (पार्टीको ह्वीपबाट अलग) मतदान गर्नसक्ने फैसला गरेको छ। यसले संवैधानिक सुधारका लागि समर्थन जुटाउने प्रयासमा रहेको सरकारलाई सांसद खरिदबिक्रीको अनुमति दिनेछ। 

गत फेब्रुअरीमा भएको निर्वाचन धाँधलीले प्रभावित भएको थियो र यसबाट प्रधानमन्त्री शहबाज शरिफलाई फाइदा पुगेको थियो। अस्थिर गठबन्धन सरकारका प्रमुख शरिफसँग संविधान परिवर्तन गर्न आवश्यक दुई-तिहाई बहुमतको अभाव छ।

उनले कार्यपालिकालाई न्यायपालिकामाथि अधिक शक्ति दिने योजना बनाइरहेका छन्। न्यायपालिकामा जेलमा रहेका विपक्षी नेता इमरान खानविरुद्ध दर्जनौं मुद्दा चलिरहेका छन्। 

बिहीबारको फैसलाले शरिफको सरकारलाई व्यक्तिगत सांसदहरूको मत माग्न र खानको पाकिस्तान तहरिक-ए-इन्साफ (पिटिआई) पार्टीप्रति वफादार सांसदहरूलाई समर्थनका लागि दबाब दिन अनुमति दिनेछ। 

'यसले संवैधानिक संशोधनका लागि उनीहरूको बाटो खोलिदिएको छ, यो शासक दलले पिटिआईलाई कमजोर पार्न पनि प्रयोग गरिरहेको छ', राजनीतिक विश्लेषक जाहिद हुसेनले भने। 

सन् २०२२ को सर्वोच्च अदालतको एउटा फैसलामा पार्टी लाइन पार गरेका सांसदहरूको मत संवैधानिक संशोधन, अविश्वासको मत र प्रधानमन्त्रीको निर्वाचनजस्ता प्रमुख मतगणनामा गणना नगरिने उल्लेख  । 

यद्यपि बिहीबारको फैसलाले त्यो फैसलालाई ‘सर्वसम्मति’ले फिर्ता लिएको छ। प्रधानन्यायाधीश काजी फाएज इसाले अदालतमा विस्तृत फैसला पछि जारी गरिने बताए। 

विपक्षी दलहरूले शरिफको सरकारले प्रस्ताव गरेको संशोधनले संविधानमााथि निर्णय गर्न नयाँ अदालत सिर्जना गर्ने र त्यसको प्रमुख न्यायाधीश प्रधानमन्त्रीले छान्ने बताएका छन्। सर्वोच्च अदालत र अन्य पाकिस्तानी न्यायाधिकरण नयाँ अदालतको फैसलाको अधीनमा रहनेछन्।

पिटिआईका वकिल अली जाफरले भने, 'यो संवैधानिक संशोधनले न्यायपालिकालाई मात्र नभई लोकतन्त्र र संविधान आफैंलाई पनि कमजोर बनाउनेछ।'

खानलाई फेब्रुअरीको निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको थियो र उनका अनुसार राजनीतिक रूपमा प्रेरित भएको आरोप लगाइएका मुद्दाहरूमा उनी जेलमा छन्। 

पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टार खानप्रति वफादार उम्मेदवारहरू उक्त निर्वाचनपछि संसद्मा सबैभन्दा ठूलो समूह बने तर, शासन गर्न आवश्यक बहुमत पुर्याउन असफल भए। 

शरिफको पाकिस्तान मुस्लिम लिग नवाज (पिएमएल–नवाज) पार्टीले शक्तिशाली सैन्य प्रतिष्ठानको नजिक मानिने अन्य दलहरूसँग सरकार बनाउन सम्झौता गर्यो। 

यद्यपि नियमित सडक प्रदर्शन गर्दै र संसद्मा सरकारलाई चुनौती दिँदै पिटिआई एउटा सक्रिय विपक्षी शक्ति रहेको  ।

खानले आफूविरुद्धका धेरै भ्रष्टाचारको आरोपमा मुद्दाहरू विभिन्न अदालतहरूमा नचाएको देखेका छन्। एकहत्तर वर्षीय खान एक वर्षभन्दा बढी समयदेखि जेलमा छन्। 

पिटिआईले शुक्रबार राजधानी इस्लामाबादमा नयाँ विरोध प्रदर्शनको आह्वान गरेको छ।

असोज १६, २०८१ बिहीबार २१:५२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।