मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको डिभाइडरमा ठोक्किदा चालकको मृत्यु

मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको डिभाइडरमा ठोक्किदा चालकको मृत्यु

काठमाडौं : गोरखामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ।

सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा४२प ७९८३ नम्बरको मोटरसाइकल आज गोरखा-आँबुखैरेनी सडकको गोरखा नगरपालिका-९, ठिगुरेस्वाँरामा अनियन्त्रित भएर दुर्घटना भएको हो। 

त्यस दुर्घटनामा भीमसेन थापा गाउँपालिका-२, तान्द्राङका ३४ वर्षीय मोटरसाइकल चालक टीकाराम लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर ध्रुवप्रसाद शर्माले जानकारी दिए। 

मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएको हो। 

दुर्घटनामा परी गम्भीर घाइते भएका लामिछानेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।  

असोज १६, २०८१ बिहीबार १९:४६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।