चीनले बनायो विश्वकै सबैभन्दा अग्लो पुल, पर्यटकको भीड (तस्बिरहरू)

चीनले बनायो विश्वकै सबैभन्दा अग्लो पुल, पर्यटकको भीड (तस्बिरहरू)

एजेन्सी : चीनले बनाएको विश्वको सबैभन्दा अग्लो पुलमा घुम्न आउने पर्यटकहरूको भीड लागेको छ। 

चीनका दुईवटा पहाडी प्रान्त युनान र गुइजोउलाई जोड्ने गरी बनाइएको पुल नदीदेखि ५६५ मिटर छ। जन गणतन्त्र चीन स्थापनाको ७५औं वार्षिकोत्सवको उपलक्ष्यमा यहाँ पर्यटकहरूको संख्या बढेको स्थानीय संचारमाध्यमहरूले जनाएका छन्।

पुलले स्थानीय यातायातमा उल्लेख्य सुधार गरेको छ र यस क्षेत्रको पर्यटनमा उल्लेख्य बृद्धि भएको स्थानीयको भनाइ छ। त्यहाँ होमस्टेहरू प्रशस्त खुलेका छन्। 

सन् २०२५ सम्म पुलको निर्माण पूर्ण रुपमा सकिने जनाइएको छ। 

‘पुल बन्नुअघि गाउँबाहिर जान चाहने हो भने पहिले पहाड चढ्नुपर्छ, त्यसपछि पहाडबाट तल खोलासम्म जानुपर्थ्यो, प्रायः चार घन्टा लाग्थ्यो, अब पर्यटक भएर घरमै बसेर जीविकोपार्जन गर्न सक्छौँ। बेलायत, जर्मनी, फ्रान्स, रुस, इजरायल र लेबनानलगायत धेरै देशबाट मेरो गृहनगर घुम्न आउँदैछन्,’ स्थानीय गाउँले सुआन्जुनले भने। -(सीसीटिभी प्लस/एनएनबी)

असोज १६, २०८१ बिहीबार १९:३०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।