टुकुचाको भ्वाङ २ महिनामा पनि टालिएन, न बालेनलाई काम गर्न दिए, न आफूले टाले (भिडियो रिपोर्ट)

लगभग दुई महिना हुन लाग्दासम्म पनि टुकुचाले भासिएको सडक नबन्दा स्थानीयहरू मारमा परेका छन्। सडक डिभिजनले ‘प्रक्रियागत रूपमा काम अगाडि बढाउनुपर्ने’ भन्दै ढिला गर्दा यसबाटोको आसपास हिँड्नेलाई समेत समस्या भइरहेको छ। यस वरपरको अधिकांश पसल त बन्द नै भइसक्यो। 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले टुकुचाको पुरानै स्वरुप कायम राखेर पुनर्निर्माण गर्ने प्रयास गरेका थिए। तर पुरातत्व विभाग र सडक विभागले भने पुर्नुपर्ने भन्दै रोकिरहेका छन्।

असोज १६, २०८१ बिहीबार १९:२८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।