एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिट २०२४ मा नेपाली विद्यार्थीले जिते पिपल्स चोइस अवार्ड

एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिट २०२४ मा नेपाली विद्यार्थीले जिते पिपल्स चोइस अवार्ड

काठमाडौँ : नेपाली विद्यार्थीहरूले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिंग र सेन्जेनमा  भएको एसिया प्यासिफिक डिजिटल समिट २०२४ को महत्त्वपूर्ण पिपल्स चोइस अवार्ड जितेको छ।

ह्वावे नेपालको सिड्स फर फ्युचर २०२४ कार्यक्रम अन्तर्गत नेपालको प्रतिनिधित्व गर्दै चीन गएको ६ जना नेपाली विद्यार्थीको टोलीले सो उपलब्धि पाएका हुन्।

सयौँ विद्यार्थीहरू मध्यबाट छानिएको समूहमा समीप अर्याल, आशिष् कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी, र समृद्धि कार्की छन्। कार्यक्रममा विश्वभरका युवा प्रतिभाहरूको नवीन सोचलाई बढवा दिँदै कयौँ योजनाहरू समावेश गरिएका थिए।

एसिया प्यासिफिक समिटमा १९ मुलुकका सयौँ विद्यार्थीले सहभागिता जनाएका थिए। जसमा नेपाली विद्यार्थीले अल्ट्राकेयर  नामक एआई व्यावसायिक उपकरणको प्रस्तुत गरेका थिए।

नेपाली समूहका सदस्य समीप अर्यालका अनुसार अल्ट्रा केयर यात्रा सहज अल्ट्रासाउन्ड मेसिन हो जसले ग्रामीण क्षेत्रका महिलाहरूलाई सहज सेवा दिन सक्छ। अर्यालका अनुसार यो उपकरणले सानो स्तरका स्वास्थ्य संस्थालाई एआई प्रविधिसँग जोड्नेछ। जसले भ्रूणको अवस्था पत्ता लगाई, त्यस विषयमा पर्याप्त जानकारी उपलब्ध गराउँदछ।

अर्यालले मेसिनले गर्भमा रहेको शिशु वा गर्भवतीमा कुनै स्वास्थ्य जटिलता आइपरे सो उपकरणले समयमा नै परीक्षण गर्न सक्ने बताए।

असोज १६, २०८१ बिहीबार १८:३२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।