दशैदेखि इदसम्म लक्षित गरेर सिजी नेटले ल्यायो ‘हातै खाली नरहने’ अफर

दशैदेखि इदसम्म लक्षित गरेर सिजी नेटले ल्यायो ‘हातै खाली नरहने’ अफर

काठमाडौँ : दशैँ, तिहार, छठ तथा इदको अवसरमा सीजीनेटले २०८१ को असोज र कात्तिक महिनामा इन्टरनेट सेवा नवीकरण र नयाँ जडानमा विशेष प्याकेज घोषणा गरेको छ।

कम्पनीका अनुसार नयाँ योजना अनुसार असोज र कात्तिक महिनामा इन्टरनेट सेवा नवीकरण र नयाँ जडानमा गर्दा ३ महिना सम्मको बोनस १ हजार ५ सयसम्मको नगद छूट, इन्स्ट्यान्ट क्यासब्याक र फ्री वाई–फाई–६ अपग्रेड पाउनसक्ने छन्।

‘हातै खाली नरहने अफर’ नाम दिइएको यस अभियानमा सीजीनेटको १०१ एमबीपिएसको वार्षिक नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकहरूले सुरुवाती मूल्य ९ हजार ९ सय ९९ मा स्मार्ट बल्ब निःशुल्क पाउने कम्पनीले जानकारी दिएको छ।

१५० एमबीपीएस र २५० एमबीपीएसको नवीकरण तथा नयाँ जडान गर्दा सुरुवाती मूल्य १२ हजार ४ सय ९९ मा अत्याधुनिक क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) निःशुल्क पाउनेछन्।

३५० एमबीपीएस र ६६६ एमबीपीएसको वार्षिक नवीकरण तथा नयाँ जडान गर्दा सुरुवाती मूल्य १४ हजार ४ सय ९९ मा दुवै निःशुल्क पाउन सकिने कम्पनीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपालका अधिकांश शहरमा आक्रामक व्यापार गरिरहेको सिजी नेटले आफ्ना ग्राहकहरूलाई दैनिक रूपमा सीजी डिजिटल, मिनिसो, फॉरएवर यंग, कस्पेरस्काई एन्टि भाइरस, नेपाल टी कलेकटिभ्स र क्लास्सीक डायमन्डका सामान खरिदमा ७० प्रतिशत सम्मको छुटको व्यवस्था गरेको कम्पनीले उल्लेख गरेको छ।

साथै, चैतन्य स्पाः र पठावबाट सेवा लिँदा पनि यति नै मात्राको छुट उपलब्ध गराइएको छ।

नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकहरूले साप्ताहिक रूपमा ५० हजार मूल्य बराबरका मिनिसो र फॉरएवर यंग ब्रान्डका सामान उपहार स्वरूप प्राप्त गर्न सक्नेछन्।

नोथिंग ब्रान्डको सीएमएफ फोन–१, एयरबर्ड, र मिराया रिसोर्टमा एक रातको आकर्षक प्याकेज पनि घोषणा गरिएको छ।

योजना अन्तर्गत मासिक रूपमा वाशिङ्ग मेसिन, माइक्रोवेभ ओभन, तथा बम्पर उपहार योजना अन्तर्गत हिरोको जूम स्कुटर कम्पनीले घोषणा गरेको छ।  

असोज १६, २०८१ बिहीबार १८:२२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।