अमेरिकामा हेलेन आँधीका कारण अहिलेसम्म १८० जनाको मृत्यु

अमेरिकामा हेलेन आँधीका कारण अहिलेसम्म १८० जनाको मृत्यु

एजेन्सी : अमेरिकामा हेलेन आँधीका कारण ज्यान गुमाउनेको संख्या १८० पुगेको छ। दक्षिण-पूर्वी अमेरिकी राज्यहरू यसबाट प्रभावित छन्।

राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले प्रभावित क्षेत्रको भ्रमण गरेका छन्। बाइडेन हेलिकप्टरबाट नर्थ र साउथ क्यारोलिना जाँदा ह्यारिस बुधबार जर्जिया पुगेकी थिइन्।

आँधीका कारण सयौं मानिस अझै बेपत्ता छन्। खोज तथा उद्धार टोलीलाई दुर्गम क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ।

बाइडेनले आँधीबाट प्रभावित छ राज्यहरूमा छ हजार नेशनल गार्ड र चार हजार आठ सय संघीय सहायताकर्मीहरूलाई मद्दत गर्न १ हजार छ सय सक्रिय सेना पठाएका छन्।

अहिले जनतालाई राहत सामग्री पुर्याउने काम भइरहेको छ। गत हप्ता रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प पनि आँधीका कारण भएको विनाश हेर्न जर्जिया गएका थिए।

दुर्गम क्षेत्रमा बस्ने मानिसहरू अझै सम्पर्कमा आउन सकेका छैनन्। ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले भने कि बिडेनले बिहीबार फ्लोरिडा र जर्जियाको पनि भ्रमण गर्ने तय भएको छ।

गत बिहीबार अमेरिकामा हेलेन आँधी आएको थियो। यो श्रेणी चारको आँधी भनिएको छ।

असोज १६, २०८१ बिहीबार १४:०९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।