हनुमानढोका दशैंघरमा राखियो जमरा (आठ तस्बिर)

हनुमानढोका दशैंघरमा राखियो जमरा (आठ तस्बिर)
तस्बिर- नेपाल न्यूज बैंक

काठमाडौं : हनुमानढोकास्थित दशैंघरमा दशैंको जमरा राखि घटस्थापना गरिएको छ।

बिहीबार बिहान ९ बजेर १६ मिनेटको शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको हो।

हनुमानढोकामा पुरातत्व विभाग अन्तर्गतको दरबार हेरचाह अड्डाले दशैंघरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो।

हनुमानढोकाको दशैंघरमा राखिएको जमरालगायत टीका प्रसाद विजया दशमीको दिन ग्रहण गर्न चाहनेका लागि वितरण गर्ने गरिएको छ।

असोज १६, २०८१ बिहीबार १२:४६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।