नेपालमा बनेको हुन्डाई ‘भेन्यू ई’ बिक्री शुरू

नेपालमा बनेको हुन्डाई ‘भेन्यू ई’ बिक्री शुरू

काठमाडौं : नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले ‘भेन्यू ई’ भेरियन्टको उत्पादन गरेर बिक्री शूरू गरेको छ।

कर्पोरेशनले २०२४ मे बाट भेन्यू एस र एसएक्स उत्पादन शुरू गरेको थियो। लक्ष्मी मोटर कर्पोरेशन, नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो।

कम्पनीले नेपालमा हुन्डाई भेन्यूको व्यावसायिक उत्पादन शुरू गरिएसँगै ‘हुन्डाई नेपाल : मेड फर योर जर्नी’ क्याम्पेन पनि शुरू गरेको थियो। कम्पनीले हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरू मार्फत बिक्री गरिसकेको जनाएको छ।

हुन्डाई ‘भेन्यू ई’को प्रारम्भिक मूल्य सीमित अवधिको लागि ४० लाख ९६ हजार कायम गरिएको छ। यद्यपि यसमा हाल चलिरहेको दशैं तिहार लक्षित योजना र थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ।

हाल नेपालमा उपलब्ध भेन्यूका अरु भेरियन्टहरुको मूल्य भेन्यू (एस) १.२ को ४४ लाख ९६ हजार र भेन्यू (एसएक्स) १.२ को मूल्य ५३ लाख ५६ हजार कायम गरिएको छ।

कम्पनीले मेड इन नेपाल हुन्डाई भेन्यूमा १० वर्षको निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ।

असोज १६, २०८१ बिहीबार १२:३२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।