बाढीपीडितका लागि अख्तियारका प्रमुख आयुक्तदेखि कर्मचारीसम्मको सहयोग

बाढीपीडितका लागि अख्तियारका प्रमुख आयुक्तदेखि कर्मचारीसम्मको सहयोग

काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र कर्मचारीले बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएका छन्।

असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुवानमा परेकाहरूको राहत तथा पुनर्स्थापनाका लागि भन्दै आयोगका पदाधिकारी र कर्मचारीले सहयोगको निर्णय गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

आयोगका प्रमुख आयुक्त/आयुक्तको सात दिन, सचिवको पाँच दिन, सहसचिव र उपसचिवस्तरका कर्मचारीहरूको तीन दिन, शाखा अधिकृत वा सो सरहका कर्मचारीहको दुई (२) दिन र अन्य कर्मचारीहरूको एक दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।

असोज १६, २०८१ बिहीबार १२:१६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।