हल्का बढ्यो सुनचाँदीको मूल्य

हल्का बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं : साताको पाँचौं दिन बिहीबार सुनचाँदीको मूल्य हल्का बढेको छ।

बुधबारको तुलनामा बिहीबार सुन तोलामा एक सय रुपैयाँ बढ्दा चाँदीमा १५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार सुन तोलामा एक लाख ६० हजार नौ सय रुपैयाँ कायम भएको छ। बुधबार चाँदी एक लाख ६० हजार आठ सय रुपैयाँ थियो।

यस्तै बिहीबार चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय ५० रुपैयाँ कायम भएको छ।

असोज १६, २०८१ बिहीबार ११:३६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।