हिजबुल्लाहसँगको झडपमा आठ इजरायली सैनिक मारिए, तीन वटा ट्याङ्क पनि ध्वस्त

हिजबुल्लाहसँगको झडपमा आठ इजरायली सैनिक मारिए, तीन वटा ट्याङ्क पनि ध्वस्त
हिजबुल्लाहको मिसाइलले ध्वस्त इजरायली सैनिक जहाज। तस्वीर- बाज राट्नर/एपी

एजेन्सी : दक्षिणी लेबनानमा भएको हिजबुल्लाहसँगको झडपमा आठ इजरायली सैनिक मारिएका छन्।

हिजबुल्लाहले तीन वटा इजरायली ट्याङ्क पनि ध्वस्त पारेको दाबी गरेको छ।

इजरायल लेबनानमा हिजबुल्लाह, गाजामा हमास, इरान र यमनमा हुथी विद्रोहीसँग लडिरहेको छ।

यसैबीच हिजबुल्लाहले इजरायलको सैनिक विमानलाई समेत झारेको छ। हावामा मार हान्न सक्ने क्षेप्यास्त्र प्रहार गरेर उनीहरूले इजरायली विमान झारेको हो।

यसैबीच सन् २००६ पछि इजरायलले लेबनानको राजनधानी बेरुतमा आक्रमण गरेको छ। जसमा एक अमेरिकी नागरिकसहित छ जनाको मृत्यु भएको छ।

इजरायलले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई देश आउन प्रतिबन्ध लगाएको छ।

इजरायली विदेशमन्त्री काट्जले भने, ‘संयुक्त राष्ट्र प्रमुखले इरानी हमलाको निन्दा गरेनन्, जसका कारण यो निर्णय लिइएको हो।’

अर्कोतर्फ गाजाको खान युनुसमा इजरायली हमलामा ५१ जनाको मृत्यु भएको छ।

असोज १६, २०८१ बिहीबार ०९:२९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।