इजरायली हवाई आक्रमणमा एक अमेरिकी नागरिकसहित पाँच जनाको मृत्यु

इजरायली हवाई आक्रमणमा एक अमेरिकी नागरिकसहित पाँच जनाको मृत्यु

एजेन्सी : लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमणमा परी कम्तीमा एक अमेरिकी नागरिकसहित पाँच जनाको मृत्यु भएको छ।

लेबनानी अधिकारीहरूका अनुसार यो आक्रमण एक चिकित्सा सेवा केन्द्रमा भएको हो। यो मेडिकल सेन्टर हिजबुल्लाहसँग सम्बन्धित छ।

इजरायली सेनाले बेरुतमा लक्षित हमला गरेको पुष्टि गरेको छ।

यसैबीच, लेबनानमा इजरायली हवाई आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ।

५६ वर्षीय कमेल अहमद जवाद अमेरिकाको मिशिगनका बासिन्दा हुन् उनी आफ्नी वृद्ध आमाको हेरचाह गर्न लेबनान गएका थिए।

अमेरिकी राष्ट्रपति कार्यालयका प्रवक्ताले कमेल अहमद जवादको मृत्यु भएको पुष्टि गर्दै शोक व्यक्त गरेका छन्।

असोज १६, २०८१ बिहीबार ०८:५३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।