इलाम टि स्टेटमा पछिल्लो छ घण्टामा १०१.५ मिलमिटर वर्षा

इलाम टि स्टेटमा पछिल्लो छ घण्टामा १०१.५ मिलमिटर वर्षा

काठमाडौं : इलामको टी स्टेटमा भारी वर्षा मापन भएको छ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार इलाममा पछिल्लो ६ घण्टामा १०१.५ मिलिमिटर वर्षा भएको छ।

यहाँ पछिल्लो तीन घण्टामा ४७.२ एक घण्टामा १४.६ मिमिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार इलाम टि स्टेट एडब्लूएस स्टेशनमा यो वर्षा मापन भएको हो। महाशाखाले यसलाई चेतावनीको रुपमा रातो चिन्ह लगाएको छ।

यहाँकाे पानी कन्काइ नदीमा मिसिन्छ।

असोज १६, २०८१ बिहीबार ०८:४३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।