च्याम्पियन्स लिगमा फेयेनुर्ड विजयी

च्याम्पियन्स लिगमा फेयेनुर्ड विजयी

काठमाडौं : युइएफए च्याम्पियन्स लिग फुटबलमा नेदरल्याण्ड्सको फेयेनुर्ड विजयी भएको छ। स्पेनिस क्लब जिरोनाकै मैदानमा फेयेनुर्डले ३-२ गोलको पुनरागमन जीत दर्ता गरेको हो।

निर्धारित समयमा मिस पेनाल्टी र आत्मघाती गोलहरूले खेललाई थप नाटकीय बनाएको थियो। पहिलो हाफको तीव्र गति दोस्रो हाफमा पनि जारी रह्यो।

जिरोनाले बराबरीको अवसर पाएको थियो, जब मियोव्स्कीले पेनाल्टी प्रहार गरे, तर फेयेनुर्डका गोलरक्षक वेलनरुथरले उत्कृष्ट बचाउ गरे।

त्यसपछि, डानजुमाको उत्कृष्ट पासलाई भान डे बीकले गोल गर्दै जिरोनालाई २-२ को बराबरीमा ल्याएका थिए।

खेलको १९ औं मिनेटमा डेभिड लोपेजले गोल गर्दै जिरोनालाई अग्रता दिलाएका थिए।

२३औं मिनेटमा एंगल हेरेराले आत्मघाति गोल गरेपछि फेयेनुर्डले बराबरी गरेको थियो। ३३औं मिनेटमा एन्टोनी मिलाम्बोले गोल गरेपछि पहिलो हाफमा फेयेनुर्डले अग्रता २-१ बनाएको थियो।

७३औं मिनेटमा भान डे बीकले गोल गर्दा जिरोनाले खेल २-२ को बराबरीमा ल्याएको थियो। तर फेयेनुर्डले ७९औं मिनेटमा आत्मघाती गोल उपहारमा पायो।

जिरोनाका डिफेन्डर क्रेज्चीले हान्कोको क्रसलाई आत्मघाती गोलमा परिणत गरे, जसले गर्दा फेयेनुर्डले ३-२ को अग्रता लियो।

अन्तिम सम्म जिरोनाले बराबरीका लागि दबाब बनाए पनि फेयेनुर्डले आफ्नो अग्रता जोगाउँदै जित निकाल्न सफल भयो। 

असोज १६, २०८१ बिहीबार ०८:२२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।