बाढीपहिरामा परी दुई सय ३३ जनाको मृत्यु

बाढीपहिरामा परी दुई सय ३३ जनाको मृत्यु

काठमाडौं : हालैको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ। २२ जना बेपत्ता छन्। अन्य १६९ जना घाइते भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ।

सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मत गरी यातायातका साधन सञ्चालन गर्न प्रयास गरिरहेको उनकाे दाबी छ।

असोज १६, २०८१ बिहीबार ०७:५०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।