विपद्मा परी २४२ जनाको मृत्यु, २२ जना अझै बेपत्ता

विपद्मा परी २४२ जनाको मृत्यु, २२ जना अझै बेपत्ता

काठमाडौं : पछिल्लो विपद्बाट मुलुकभर दुई सय ४२ जनाको मृत्यु भएको छ। 

बाढी, पहिरोमा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन्।
 
हालसम्म विपद्बाट कोशी प्रदेशमा २३, मधेशमा आठ, काठमाडौं उपत्यकामा एक सय एक, बागमतीमा एक सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
 
बाढी-पहिरोबाट मुलुकभर एक हजार सात सय ६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ। 

विपद्का घटनामा फसेका १३ हजार एक सय २९ जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ। 

असोज १५, २०८१ बुधबार २१:४९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।