काठमाडौंबाट २९ जुवाडे पक्राउ, साढे ११ लाख नगद बरामद

काठमाडौंबाट २९ जुवाडे पक्राउ, साढे ११ लाख नगद बरामद

काठमाडौं : प्रहरीले अवैध रूपमा जुवा खेलिरहेको अवस्थामा काठमाडौंको कागेश्वरी र नयाँ बसपार्क क्षेत्रबाट २९ जुवाडेलाई पक्राउ गरेको छ। 

प्रहरीले जुवाडेका साथबाट ११ लाख ४८ हजार पाँच सय रूपैयाँ नगदसमेत बरामद गरेको छ।
 
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ सनसिटी लाइफ बेकरीस्थित अनिता राईको घरमा जुवा खेलिरहेको अवस्थामा १६ जना र काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित त्रिपुरासुन्दरी होटल एण्ड लजबाट १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए। 
 
प्रहरीले उनीहरूका साथबाट ६२ थान कौडा, २६ थान मोबाइल र कौडा राख्ने भाडालगायत सामग्री बरामद गरेको छ। 

असोज १५, २०८१ बुधबार २१:३४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।