एसबिआई बैंकद्वारा वृक्षारोपण कार्यक्रमका लागि विराटनगर महानगरलाई आर्थिक सहयोग

एसबिआई बैंकद्वारा वृक्षारोपण कार्यक्रमका लागि विराटनगर महानगरलाई आर्थिक सहयोग

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्त्व कार्यक्रम अन्तर्गत स्वच्छ तथा हरियाली वातावरण प्रबर्द्धन गर्ने उद्देश्यले विराटनगरको बरगाछी-रानी ६ लेन सडकमा वृक्षारोपण कार्यक्रमका लागि आर्थिक सहयोग गरेको छ। 

सहयोग रकम बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरेले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई औपचारिक रुपमा हस्तान्तरण गरे। त्यस कार्यक्रममा बैंक तथा महानगरपालिकाका अन्य पदाधिकारीसमेतको उपस्थिति रहेको थियो। 

बैंकले दिगो विकास तथा वातावरण संरक्षण गर्ने उद्देश्यले यस्ता गतिविधिहरू समय समयमा सञ्चालन गर्दै आएको छ।

यस बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ।  

असोज १५, २०८१ बुधबार २०:२२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।