पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो सम्पन्न

पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो सम्पन्न

काठमाडौं : पाटन दरबार परिसरमा आयोजित पाटन हेरिटेज जेम्स एण्ड ज्वेलर्स एक्स्पो २०२४ सम्पन्न भएको छ। 

ललितपुर रत्न तथा आभूषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनमा भएको एक्स्पोमा सांस्कृतिक, व्यापारिक, स्थानीय परिकार तथा पर्यटन प्रवद्र्धनात्मक गरी २५ वटा स्टलहरू रहेको र ती स्टलहरूको माध्यमबाट स्थानीय उद्योग व्यवसाय लगायत नेपालमा पाइने खनिज सहित कला, संस्कृति, स्थानीय गरगहना तथा कलाकृतिहरू प्रदर्शन गरिएको जानकारी क्लबका अध्यक्ष सज्जु व्यञ्जनकारले दिनु दिए। 

'समृद्धिका लागि सम्पदा संरक्षण' भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रमबाट धार्मिक, आध्यात्मिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्व बोकेको ललितपुरको पाटन दरबार क्षेत्रको प्रचार प्रसार हुनुका साथै यस क्षेत्रको विशिष्ट पहिचान बोकेका गरगहना तथा प्राचीन पहिरनहरूको पुनरावृत्ति भइ आर्थिक गतिविधिसमेत बढ्ने आयोजकको विश्वास छ।

गत शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले समुद्घाटन गरेको यस एक्सपोको समापन समारोहमा ¥याम्प वाल्कको प्रस्तुति रहेको थियो। कार्यक्रममा परम्परागत चर्या तथा अन्य नृत्यसमेत प्रस्तुत गरिएको थियो।

रोटरी क्लब अफ काठमाडौं हेरिटेज, रोट्रयाक्ट क्लब अफ पाटन हेरिटेज, रोटरी क्लब अफ ललितपुर, रोटरी क्लब अफ यल पाटन र रोटरी क्लब अफ भरतपुरको सहयोगमा सम्पन्न भएको हो।  

असोज १५, २०८१ बुधबार १८:३०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।