नेविसंघ, तरूण दल र महिला संघको महाधिवेशन गराउन बेग्लाबेग्लै तीन निर्देशन समिति गठन

नेविसंघ, तरूण दल र महिला संघको महाधिवेशन गराउन बेग्लाबेग्लै तीन निर्देशन समिति गठन

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका भ्रातृ संस्थाका महाधिवेशन निर्धारित समयमै गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्याई आवश्यक निर्देशनसमेत गर्न बेग्लाबेग्लै तीन समिति गठन गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २३ को निर्णय बमोजिम पार्टी सभापति शेरबहादुर देउवाले आज नेपाल महिला संघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन आगामी चैत मसान्तसम्ममा अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन समिति गठन गरेका हुन्। 
 
नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री उमाकान्त चौधरी तथा सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र रुक्मिणि कोइराला छन्। 
 
त्यस्तै, नेपाल तरूण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ तथा सदस्यमा केन्द्रीय सदस्यद्वय र सरिता प्रसाईं र जीतजङ्ग बस्नेत छन्। 

नेविसंघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री किशोरसिंह राठौर तथा सदस्यहरूमा केन्द्रीय सदस्यद्वय राजिव ढुङ्गाना र प्रतिमा गौतम रहेको पार्टी कार्यालयले जनाएको छ।  

असोज १५, २०८१ बुधबार १८:०६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।