काभा यू-२० च्याम्पियनसिप खेल्न श्रीलंका जान लागेको नेपाली टोलीको बिदाई

काभा यू-२० च्याम्पियनसिप खेल्न श्रीलंका जान लागेको नेपाली टोलीको बिदाई

काठमाडौं : नेपाल यू-२० पुरूष भलिबल टोलीलाई बिदाई गरिएको छ। बुधबार श्रीलंकामा हुन लागेको पुरूष यु-२० भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाई गरिएको हो।

नक्सालस्थित क्राउन प्लाजा होटलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघको अध्यक्ष जितेन्द्रबहादुर चन्द्र, उपाध्यक्ष भरत शाह, प्रशिक्षक जगदीश भट्टलगातयले टोलीको बिदाई गरे।

त्यस क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले राम्रो खेल प्रदर्शन गर्न सबैलाई आग्रह गर्दै राष्ट्रिय खेलकुद परिषद् सधैं साथमा रहेको बताए। 

उनले भने, ‘हामीले राम्रो खेल खेले पनि जुन उचाई हासिल गर्नुपर्ने थियो, त्यो हासिल गर्न सकिरहेका छैनौं। त्यो अभावलाई पूर्ति गर्नको लागि उमेर समूहगत रूपमा बनेको पुरूषहरूको टिमले निकै ठूलो अर्थ राख्छ। तपाईंहरूको काँधमा रहेको त्यो जिम्मेवारी पूरा गर्नुहुन्छ भन्ने कुरा मैले विश्वास लिएको छु।’ 

च्याम्पियनसिप अगामी असोज २० देखि २६ सम्म श्रीलंकाको कोलम्बोमा हुँदैछ। 

राष्ट्रिय टोलीमा पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जितबहादुर कार्की, सुजन सुनार, रेसमन राहादी, दिनेश कुँवर छन्।  

असोज १५, २०८१ बुधबार १६:५१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।