स्वस्तिमाको दोहोरो रूप, आफ्नो सामान्य आलोचना नि पचाउन नसक्ने, अर्काको चरित्र हत्यालाई नि उडाउने!

स्वस्तिमाको दोहोरो रूप, आफ्नो सामान्य आलोचना नि पचाउन नसक्ने, अर्काको चरित्र हत्यालाई नि उडाउने!

काठमाडौँ आफ्नाबारे सामान्य विषय पनि पचाउनै नसक्ने तर अरूलाई गम्भीर प्रभाव पार्ने विषयलाई पनि हल्का रूपमा लिने अभिनेत्री स्वस्तिमा खड्काको ब्रान्ड नै हो।

उनी आफ्नाबारेमा जति संवेदनशील देखिँदै सामान्य विषयलाई पनि पातका पतिङर बनाउन कस्सिन्छिन्अर्काको हकमा भने गम्भीर विषय पनि ह्या भन्दै हल्का रूपमा लिएको देखिन्छ।

चुनाव प्रचार गर्न नपाउने समयमा आफूलाई मन परेको उम्मेदवारको प्रचार गर्ने अपराध’ गर्दा होस् या टेलिभिजन कार्यक्रमबाट अविवाहित अभिनेत्रीको को को प्रेमी थिए भनेर मजा लिन होस् उनी पछि हट्दिनन्। तर श्रीमान् बोकेको भिडियोबारे आएको सामान्य प्रतिक्रिया होस् या उनको कुनै फिल्मको अभिनयबारे टिप्पणी होस् उनका लागि स्वीकार्य हुन्न।

 ३ महिना अघिको गम्भीर विवाद अनि अहिले आफ्नो फिल्मको प्रचारमा त्यसलाई चर्चामा ल्याइरहेकी उनको स्वभाव नै हेरौँ न।

कान्तिपुर टेलिभिजनको सो ‘इट्स माइ सो’को पहिलो एपिसोडमा स्वस्तिमा र साम्राज्ञी आरएल शाह गेस्टका रूपमा पुगेर अनमोल केसी, अनि अर्की एक अभिनेत्रीको व्यक्तिगत चारित्रिक विषय उछाल्नसम्म उछाले।

ती अभिनेत्रीको कुन कुन अभिनेतासँग अफेयर्स चल्यो भनेर नाम लिन दुवै अभिनेत्रीबीच प्रतिस्पर्धा नै भयो। ती अभिनेत्रीले सामाजिक सञ्जालबाट उनीहरूको हर्कतबारे आपत्ति जनाएपछि दुवै अभिनेत्रीको गैर जिम्मेवार व्यवहार र कार्यक्रम निकै विवादमा तानियो। प्रेस काउन्सिल नेपालको निर्देशनमा कार्यक्रमै हट्यो युट्युबबाट।

अहिले उनी फिल्म बेहुली फ्रम मेघौलीको प्रचारमा छिन्। आफ्नो फिल्मको प्रचारमा उनी अहिले सेलाइसकेको त्यही विवादलाई पुन चर्चामा ल्याउन सक्रिय देखिइन्।

तत्कालीन अवस्थामा उनले सम्बन्धित अभिनेत्रीसँग माफी मागेकी थिइन्। अर्काको चरित्रलाई टेलिभिजन कार्यक्रमबाट मजाक बनाउने आफ्नो गल्तीलाई अहिले उनी सामान्य घटनाको रूपमा व्याख्या गरिरहेकी छिन्। उनका लागि अर्काको चरित्र उछाल्नु ‘सामान्य’ झैँ देखियो।

उनले सो विषय विवादमा आउनुको कारण आफूले अर्काको व्यक्तिगत जीवनबारे बोल्नुको साटो उल्टो उनीहरूले सामाजिक सञ्जालमा लेखेपछि धेरै हल्ला भएको रूपमा व्याख्या गरिन्।

उनीहरूले सामाजिक सञ्जालमा लेखेपछि त मान्छेहरूले थाहा पाए। त्यसरी आइसकेपछि कुरा जता मोड्यो त्यतै नै मोडिने रैछ’ उनले थपिन्,‘८० हजारसम्मले हेर्दा कसैले पनि त्यो कुरा याद गर्नुभएको थिएन सायद। यो कुरा (उनीहरूले सामाजिक सञ्जालमा लेखेपछि’आइसकेपछि त्यही कुराबाट हेर्दिनुभयो।’

उनले कसैलाई नराम्रो भन्ने इन्टेन्सन गर्ने,हट गर्ने इन्टेन्सन नभएको दाबी त गरिन् तर अर्को हर्ट भएकोमा पश्चात्ताप देखिएन।

उनले थपिन्,‘ एउटा बुलि गरेको र अर्को ह्यारेसमेन्ट गरेको न्यारेटिभ बन्यो। त्यसपछि म हर्ट भइन। अघि मलाई जुन नराम्रो लागेको थियो नि,त्यसपछि मलाई ब्याड फिल भएन। उनीहरूलाई नराम्रो लागेको भए त म हटाइदि हाल्थे नि। जसरी पनि। उहाँलाई साँच्चिकै हर्ट भाको भएदेखि,कसैले नदेखोस्,या उहाँहरूको फ्यामिलीले नदेखोस् भन्ने लागेको भए म त्यो कुरा जसरी पनि हटाइदिन्थेँ।’

अर्थात् जब उनको अभिव्यक्तिबारे सम्बन्धित अभिनेत्रीले प्रतिक्रिया जनाइन् त्यसपछि उनी हर्ट भइनन् रे। उनलाई ब्याड फिल भएन।

अविवाहित अभिनेत्रीको को-को प्रेमी थिए, कोसँग चक्कर चल्यो भनेर सार्वजनिक रूपमा भन्नु चरित्रहत्या हैन र! सम्बन्धित पक्षले मलाई हर्ट भयो भन्नु गम्भीर विषय हैन? यो विषय बारम्बार उछालिरहने विषय हो?

असोज १५, २०८१ बुधबार १६:४७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।