मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा ज्ञवाली नियुक्त

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा ज्ञवाली नियुक्त

काठमाडौं : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा प्रदीप ज्ञवाली नियुक्त भएका छन्। बुधबार बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पाल्पाका ज्ञवालीलाई उपकुलपतिमा नियुक्त गरेको हो।

सरकारले नियुक्त गरेपछि नियुक्ति लिन आफू प्रदेश सरकारको मुख्यालय हेटौंडामा पुगेका डा ज्ञवालीले बताए। उपकुलपतिका लागि डा सुरज मानन्धर र डा हरिबहादुर खड्का पनि सिफारिस भएका थिए।

मन्त्रिपरिषद्को बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को चारवटा बुँदा संशोधन गर्ने निर्णय गरेको छ। 

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हालसम्म सामाजिक विकास मन्त्रालय मातहत रहेकोमा कानुन संशोधन गरी स्वास्थ्य मन्त्रालयलाई अधिकार हस्तान्तरण गर्न लागिएको जनाइएको छ। 

असोज १५, २०८१ बुधबार १५:४८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।