लेबनानको सैन्य कारबाहीको लागि इजरायलले पठायो थप सेना

लेबनानको सैन्य कारबाहीको लागि इजरायलले पठायो थप सेना

एजेन्सी : इजरायलले लेबनानमा भूमिगत सैन्य कारबाहीका लागि थप सेना पठाएको छ। उसले मंगलबार यो कारबाही घोषणा गरेको थियो।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले दक्षिणी लेबनानमा हिजबुल्लाह बसेका स्थानहरूमा सैन्य कारबाही गर्न अतिरिक्त बल पठाएको बताएको छ।

यी सिपाहीहरू भूमिगत अपरेशनमा सामेल हुने आईडीएफले जनाएको छ। यी सैनिकहरू ३६औं डिभिजन र अन्य फोर्सबाट जानेछन्।

यसअघि हिजबुल्लाहले लेबनानमा रहेको इजरायली सेनालाई पछि हट्न बाध्य पारेको दाबी गरेको थियो।

उसले बुधबार बिहान इजरायली सेनासँग झडप भएको भन्दै उनीहरूलाई अदाइसेह शहरबाट पछि हट्न बाध्य पारेको भन्दै विज्ञप्ति निकालेको थियो।

यद्यपी इजरायली सेनाले हिजबुल्लाहको यो दाबीबारे केही बाेलेको छैन।

इजरायली डफेन्स फोर्सले मंगलबार आफूहरूले दक्षिणी लेबनानमा हिजबुल्लाहहरूको स्थानलाई लक्षित गर्ने घोषणा गरेको थियो।

उत्तरी इजरायली सीमामा बसोबास गर्ने इजरायलीहरूलाई लक्षित गरी आक्रमण गर्ने हिजबुल्लाहका स्थानहरू आईडीएफले पत्ता लगाएको भन्दै ती सीमावर्ती स्थानहरूमा आक्रमण गर्ने बताएको थियो। 

असोज १५, २०८१ बुधबार १४:०५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।