नेपालको आर्थिक वृद्धि ५.५ प्रतिशतले बढ्ने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ५.५ प्रतिशतले बढ्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौं : चालू आर्थिक वर्ष (सन् २०२५)मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण विश्व बैंकको प्रक्षेपण छ।

विश्व बैंकले उच्च पर्यटक आगमन, जलविद्युत र धान उत्पादनको वृद्धिले आर्थिक वृद्धि सुधार हुने प्रक्षेपण गरेको हो।

विश्व बैंकले सार्वजनिक नेपाल डेभलपमेन्ट अपडेटः अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव विषयक प्रतिवेदन पनि सार्वजनिक गरेको छ।

नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष (सन् २०२६)मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।

केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरुमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण योग हुने प्रतिवेदनमा भनेको छ।

यद्यपि प्रतिवेदनले बहुजोखिम पनि पहिचान गरेको छ, जसअन्तर्गत वित्तीय प्रणालीमा उच्च जोखिमसहितको निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा, लगानी नै प्रभावित हुन सक्ने गरी सम्भावित नीतिको अनिरन्तरता, पूर्वाधार विकासलाई असर गर्ने पुँजीगत खर्चको कार्यान्वयनमा हुन सक्ने ढिलाइ, क्षेत्रीय अस्थिरता र व्यापार अवरोध जसले पर्यटन र आन्तरिक मागलाई कम गर्न सक्ने जस्ता जोखिम रहेका छन्।

असोज १५, २०८१ बुधबार १३:३९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।