भृकुटीमण्डपमा टीभीएसको ‘महा एक्सचेन्ज मेला’

भृकुटीमण्डपमा टीभीएसको ‘महा एक्सचेन्ज मेला’

काठमाडौं : चाडपर्वको अवसरमा टीभीएसको नेपाली वितरक जगदम्बा मोटर्स प्रालिले काठमाडौंको भृकुटीमण्पमा ‘महा एक्सचेन्ज मेला’ आयोजना गरेको छ।

२० गतेसम्म चल्ने मेलामा पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टीभीएसका सवारी साधन लैजान सकिने कम्पनीले जनाएको छ।

दशैंलाई दृष्टिगत गर्दै टीभीएसले पूर्व खरिद अफरमा पाँच लाख र खरिदमा १० लाखसम्मको छुटको अवसर दिएको छ। यसको अलावा साप्ताहिक क्यास ब्याक अफर अन्तर्गत हरेक साता शत प्रतिशत क्यास ब्याक जित्ने अवसर पनि छ।

साथै कम्पनीले दीर्घकालीन विश्वास र ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि आजीवन वारेन्टी पनि प्रदान गरेको छ। त्यसैगरी, ६० मिनेटमा स्पेयर पार्ट्स डेलिभरी र पिक एन्ड ड्रप सेवापनि उपलब्ध गराएको छ।

अफरहरू
मेलामा २० भन्दा बढी विशेषज्ञ मूल्याङ्कनकर्ताहरूले पुराना दुई पाङ्ग्रे सवारी साधनको उच्च मूल्याङ्कन गर्दै मनपर्ने टीभीएस मोडलमा अपग्रेड गर्न सहज अवसर प्रदान गरेको छ।

धितो र ग्यारेन्टर विना नै सजिलो तरिकाले वित्तीय विल्कपहरू प्रदानको तयारीमा रहेको कम्पनीले मेलामा टेस्ट राइडमा सहभागी हुने उपभोक्ताहरूका लागि निश्चित उपहारहरूको समेत व्यवस्था गरेको छ।

मेला मार्फत आयोजकले टीभीएसका छानिएका मोडलहरूमा शून्य प्रतिशत इएमआईको सुविधा उपलब्ध गराउँदै आएको छ।

यसका अलावा टीभीएसको सवारी खरिदमा निःशुल्क हेलमेट, बाइक कभर र ब्याग लगायतका सामग्रीहरू निःशुल्क प्राप्त गर्नेछन्।

असोज १५, २०८१ बुधबार १२:२८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।