एनपीएलमा सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा जगत टमाटा नियुक्त

एनपीएलमा सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा जगत टमाटा नियुक्त

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा जगत टमाटा नियुक्त भएका छन्। 

नेपाली क्रिकेटमा लामो समयदेखि योगदान दिएका प्रशिक्षक भित्र्याउदा गर्व लागेको रोयल्सले विज्ञप्तिमार्फत जनाएको छ।

टमाटा हाल नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग क्यानडामा छन्। उनी क्यानडा र अमेरिका भ्रमणका लागि नेपालको कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त भएका थिए। 

त्यसअघि टमाटा राष्ट्रिय खेलकुद परिषदका क्रिकेटका मुख्य प्रशिक्षक थिए भने उनले नेपाली महिला र पुरुष राष्ट्रिय टोलीको जिम्मेवारी समेत लिएका थिए।

सुदूपश्चिमको स्वामित्व एम्पायर स्पोर्ट्सले किनेको थियो। यसको प्रमुख स्वतन्त्र प्रताप शाह छन्।

यसअघि सुदूरपश्चिमको मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी छनोट भएका थिए। आगामी असोज २० गते अरु खेलाडी छनोटका लागि अक्सन हुँदैछ। लिग मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुँदैछ।

असोज १५, २०८१ बुधबार १२:०३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।