मकवानपुरको बागमती नदी किनारमा तीन जनाको शव भेटियो

मकवानपुरको बागमती नदी किनारमा तीन जनाको शव भेटियो
फाइल तस्बिर

काठमाडौं : मकवानपुरको बकैया गाउँपालिका-१० मन्थली केराबारीस्थित बागमती खोलामा खोँचमा तीन जनाको शव फेला परेको छ।

ती शव दुई पुरुष र एक महिलाको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घटनास्थल ललितपुरको आस्राङ प्रहरी चौकीबाट नजिक पर्ने भएकोले ललितपुर प्रहरीसँग समन्वय गरेर पहिचानको काम भइरहेको छ।

त्यसका लागि मकवानपुरबाट बुधबार विहानै प्रहरी निरीक्षकको नेतृत्वमा चार जनाको टोली खटाइसकिएको छ।

असोज १५, २०८१ बुधबार ११:३३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।