११ महिनादेखि हङकङमा रहेका वडाध्यक्षले पठाए राजीनामा

११ महिनादेखि हङकङमा रहेका वडाध्यक्षले पठाए राजीनामा

फुङ्लिङ : ११ महिनादेखि हङकङमा रहेका सिरिजङ्घा गाउँपालिका-३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिएका छन्।

वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै असोज १८ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका हुन्।

विसं २०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित उनले जनताको सेवा गर्न नसकेकामा दुःख व्यक्त गर्दै आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको राजीनामामा उल्लेख गरेको जिल्ला निर्वाचन आयोगले जनाएको छ।

हालै स्थानीयले वडाध्यक्ष बोखिमको अनुपस्थितिका कारण विकास र प्रशासनिक काममा बाधा उत्पन्न भएको भन्दै निजमाथि कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानलाई ज्ञापनपत्र बुझाएका थिए।

उनी वैदेशिक रोजगारीका लागि हङकङ गएको पालिका अध्यक्ष चौहानको भनाइ छ।

असोज १५, २०८१ बुधबार ११:१२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।