सुन तोलामा आठ सयले बढ्यो, चाँदीमा १० रुपैयाँ बढोत्तरी

सुन तोलामा आठ सयले बढ्यो, चाँदीमा १० रुपैयाँ बढोत्तरी

काठमाडौं : साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य आठ सय रुपैयाँले बढ्दा चाँदीमा १० रुपैयाँ बढोत्तरी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ६० हजार आठ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य पनि घटेर बुधबार तोलाको एक हजार नौ सय ३५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलाको एक हजार नौ सय ४५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि बढ्ने गरेकाले पछिल्ला केही दिनमा सुनको कीर्तिमान कायम गरिरहेको महासंघले जनाएको छ।

असोज १५, २०८१ बुधबार १०:४४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।