थाइल्यान्डको स्कुल बसमा आगलागी हुँदा २५ जनाको मृत्यु, १६ जना अस्पताल भर्ना हुँदा चालक फरार

थाइल्यान्डको स्कुल बसमा आगलागी हुँदा २५ जनाको मृत्यु, १६ जना अस्पताल भर्ना हुँदा चालक फरार

एजेन्सी : थाइल्याण्डमा एउटा स्कूल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु भएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार बसमा ४४ जना सवार थिए, जसमध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको छ।

अहिले उद्धारकर्मीहरूले बाँकी बालबालिकाको उद्धार गरेर अस्पताल पुर्याएका छन्।बसको टायर फुटेका कारण आगलागी भएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीले बताएका छन्।

रोयटर्सका अनुसार मंगलबार दिउँसो करिब १२ः३० बजे बैंककको खु खोत क्षेत्रमा दुर्घटना भएको हो। बस स्कुलबाट फर्कदै थियो।

बसमा ३ देखि १५ वर्षसम्मका बालबालिका सवार थिए। उनीसँगै ५ जना शिक्षक पनि थिए। बसका चालक फरार रहेको र उनको खोजी भइरहेको बीबीसीले जनाएको छ।

असोज १५, २०८१ बुधबार १०:३८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।