बाबर आजमद्वारा पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट राजीनामा

बाबर आजमद्वारा पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट राजीनामा

एजेन्सी : बाबर आजमले पाकिस्तान क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएको जानकारी दिएका छन्।

सामाजिक सञ्जाल पोष्टबाट उनले बुधबार बिहान पाकिस्तानी पुरुष क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

उनले आफ्नो कप्तानी अनुभव उत्कृष्ट रहेको बताए। उनले आफ्ना फ्यानहरूलाई धन्यवाद समेत दिएका छन्।

बाबर आजमले लेखेका छन्, ‘फ्यानहरू, म आज तपाईंसँग एउटा समाचार साझा गर्दैछु। मैले पाकिस्तान पुरुष क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिने निर्णय गरेको छु।’

टिमको नेतृत्व गर्नु सम्मानको कुरा भएको भन्दै उनले पद छोडेर आफ्नो खेलमा ध्यान दिने समय आएको समेत बताएका छन्।

आजमले आफ्नो प्रदर्शनलाई प्राथमिकता दिने कुरा गरेका छन्। उनले अब आफ्नो परिवारसँग समय बिताउने समेत लेखेका छन्।

उनले आफ्नो पोस्टमा भनेका छन्, ‘तपाईंको समर्थन र ममाथिको विश्वासको लागि म आभारी छु। तपाईंको उत्साह मेरो लागि केही अर्थ छ। हामीले सँगै जे हासिल गर्यौं त्यसमा म गर्व गर्छु र एक खेलाडीको रूपमा टोलीमा योगदान गर्न जारी राख्न तत्पर छु।’

असोज १५, २०८१ बुधबार १०:००:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।