इजरायलमा आक्रमणपछि इरानमा उत्सव

इजरायलमा आक्रमणपछि इरानमा उत्सव

एजेन्सी : इजरायलमा इरानले मिसाइल आक्रमण गरेपछि इरानको राजधानी तेहरानका सडकमा मानिसहरु खुसी मनाएको देखिएका छन्।

बेलायती दूतावासबाहिर भेला भएका केही मानिसले त्यहाँ उत्सव मनाएको छ।

यस क्रममा धेरै मानिसहरूको हातमा हिजबुल्लाह नेता नसरल्लाहको फोटो पनि देखियो। कतिपयले पटाका समेत जलाएका थिए।

हसन नसरल्लाह केही दिनअघि इजरायली आक्रमणमा मारिएका थिए।

यसैबीच, इरान र इजरायलका राजदूतहरूले संयुक्त राष्ट्र संघमा आफ्नो धारणा चर्को रूपमा राखेका छन्।

संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूतले इजरायलको थप कारबाहीको उचित जवाफ दिइने चेतावनी दिएका छन्।

यसैबीच इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बदला लिने बताएका छन्।

उनले भने, ‘इरानले आज ठूलो गल्ती गरेको छ र त्यसको मूल्य चुकाउनुपर्नेछ।’

मन्त्रिपरिषद् बैठकमा इजरायली प्रधानमन्त्रीले भने, ‘हामी हाम्रा नियमहरूमा अडिग रहनेछौँ। जसले हामीलाई आक्रमण गर्छ, हामी उसलाई आक्रमण गर्नेछौँ।’

असोज १५, २०८१ बुधबार ०९:०३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।