साइबर अपराधमा समातिएका दुर्गा प्रसाईँ एक लाख धरौटीमा छुटे

साइबर अपराधमा समातिएका दुर्गा प्रसाईँ एक लाख धरौटीमा छुटे

काठमाडौँ : जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई एक लाख धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ।

न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले मङ्गलवार विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दामा ५०/५० हजार धरौटी लिएर थुनामुक्त गर्ने आदेश गरेको हो।

प्रसाईँलाई सरकारी वकिल कार्यालय काठमाडौँले विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दा काठमाडौँ अदालतमा दायर गरेको थियो। प्रसाईँले एक जना महिलाको चरित्र हत्या हुने अभिव्यक्ति उल्लेख गर्दै मुद्दा दायर गरिएको थियो। नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईँलाई असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो। 

असोज १४, २०८१ मंगलबार २२:५६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।