बाढीले लग्यो घर, अब कसको भर छ र ! विपद्पछिका दुखका १२ तस्बिर

रोशी खोलामा आएको बाढीले पनौती नगरपालिका वडा नं १२ भूमेडाँडा रोशी बजार आसपासका बस्तीमा पु¥याएको क्षति । अविरल वर्षापछि आएको बाढी र पहिरोले यहाँको बस्ती नै उजाड बनाएको छ।

काठमाडौँ : मङ्गलवार प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीहरूलाई साक्षी राखेर बाढी र पहिरोबाट पुगेको क्षतिपछिको पुनर्निर्माण र राहतलाई तीव्रता दिने दाबी गरे। पानी पर्दैछ है भनेर आफ्नै सरकारी निकायले भनेको नमानी सरकारी संयन्त्रले गरेको लापरबाहीका कारण दुई सय बढीको ज्यान गयो। १७ अर्ब बढीको क्षति भएको पूर्वानुमान भइरहेको छ।

किसानलाई क्षतीपुर्तीदेखि बन्द भएका सडक खुलाउनेसम्मका योजना सार्वजनिक गरे प्रधानमन्त्री ओलीले। तर सरकारी संयन्त्रको काम गराइको पारा हेर्दा पत्याउन सकिने आधार छैन। तर नपत्याई नि भएको छैन। 

सुनकोसी नदीमा आएको बाढीले आधा भाग बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोटस्थित पक्की पुल । तस्बिर ः राधिका बुढाथोकी/ रासस

काठमाडौँ टेकुस्थित बागमती नदी किनार छेउमा बाढीले थुपारेको फोहोर । तस्बिर : हरिराम भेटुवाल / रासस

सिन्धलीको नेपालथोकस्थित फाँटमा पाकेको धान सोमबारको बाढीले बगाएपछिको अवस्था । तस्बिर : राधिका बुढाथोकी/ रासस

मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका–२ रमितेमा झरेको पहिरो । असोज १२ गते झरेको पहिरोका कारण मेची अवरुद्ध बनेको छ। तस्बिरः रवीन्द्र काफ्ले/रासस

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरा पुलदेखि बराहक्षेत्र मन्दिर जोड्ने सडक भासिएर चिरा परेको अवस्थामा । तस्बिरःसङ्गीता राई/रासस

माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्यपुर थिमि वडा नं ३ कौशलटारस्थित सागबारी क्षेत्रमा बाढीले पुर्याएको क्षति मङ्गलबार निरीक्षण गर्दै ।

कुरुवा खोलामा आएको बाढीले बगर बनाएको सुनसरीको इनरुवा नगरपालिका-४ स्थित किसानको धानखेत । तस्बिरः नवीन गड्तौला/रासस

अविरल वर्षाका कारण रोशी खोलामा गएको बाढीले बगाएको काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१२ भूमेडाँडास्थित रोशी बजार आसपासका घरहरु । तस्बिर : पेमा लामा/रासस

अविरल वर्षाका कारण आएको बाढीपहिरोले क्षति गरेर अवरुद्ध बनेको सुनसान बिपी राजमार्ग । तस्बिर : राधिका बुढाथोकी/रासस

असोज १५, २०८१ मंगलबार २२:४१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।