शाओमी नेपालको दशैं अफर : 'दशैंको बहार, हरेक दिन थाइल्याण्ड ट्रिप उपहार'

शाओमी नेपालको दशैं अफर : 'दशैंको बहार, हरेक दिन थाइल्याण्ड ट्रिप उपहार'

काठमाडौं : शाओमीले नयाँ क्याम्पेन 'दशैंको बहार, हरेक दिन थाइल्याण्ड ट्रिप उपहार' घोषणा गरेको छ। यस क्याम्पेनमा ग्राहकले कुनै पनि शाओमी वा रेड्मी ब्रान्डका स्मार्टफोन खरिदमा दैनिक पुरस्कार जित्ने मौका पाउनेछन्। 

यस क्याम्पेन अन्तर्गत हरेक दिन पाँच जना भाग्यशाली विजेताहरूले रेड्मी बड्स ५ ए  जित्नेछन् भने चार जना विजेताहरूले रेड्मी वाच ५ एक्टिभ जित्नेछन्। यस क्याम्पेनको मुख्य आकर्षण भनेको हरेक दिन एक जना भाग्यशाली विजेतालाई थाइल्यान्ड ट्रिप रहेको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार यस अफरमा सहभागी हुनका लागि ग्राहकहरूले असोज १५ देखि असोज २४ सम्मका कुनै पनि शाओमी वा रेड्मी ब्राण्डका स्मार्टफोन खरिद गर्नुपर्नेछ भने खरिदपछि उक्त स्मार्टफोनको आईएमइआई वान नम्बरलाई ३६००० मा एस एम एस  पठाउनु पर्नेछ। 

क्याम्पेनबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले भने, 'यसले हाम्रा ग्राहकहरूलाई रोमाञ्चक पुरस्कारहरुका साथै थाइल्याण्ड यात्रा गर्ने अवसर पनि प्रदान गर्नेछ।'

ग्राहकले आफ्ना लेटेस्ट मोडेलहरुको खरिदमा ४ हजार रूपैयाँ सम्मको छुट पाउन सक्ने कम्पनीले बताएको छ। 

यो अफर भाद्र ३० देखी कार्तिक ३० सम्म लागु हुने छ। 

असोज १४, २०८१ मंगलबार २०:४७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।