रियलमीको 'बडा दशैं, तिहारको बडा अफर' शुरू, एमजी ४ इभि गाडी जित्ने अवसर

रियलमीको 'बडा दशैं, तिहारको बडा अफर' शुरू, एमजी ४ इभि गाडी जित्ने अवसर

काठमाडौं : स्मार्टफोन ब्रान्ड रियलमीले 'बडा दशैं, तिहारको बडा अफर' योजना शुरू गरेको छ। विजयादशमी तथा दीपावलीको अवसर पारेर आफ्ना ग्राहकहरूको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ। 

यस योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले मेगा उपहार स्वरूप एमजी ४ इभि गाडी जित्ने अवसर पाउनेछन् भने बम्पर उपहार स्वरुप टिभीएस एन्टर्क ड्रम स्कुटर जित्ने अवसर पाउनेछन्। 

त्यस्तै, हरेक हप्ता २ जना भाग्यशाली विजेताले रियलमी सि ६३ पाउन सक्नेछन् भने दैनिक १० जना भाग्यशाली विजेताहरूले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र सफारी ब्याकप्याकहरू जित्ने अवसर प्राप्त गर्नेछन्।

योजनाको बारेमा बोल्दै रियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च मुनिश गिरीले भने, 'हामीलाई आशा छ यो अफरले हाम्रा नेपाली ग्राहकहरूको चाडपर्वको रौनकलाई अझै बढाउनेछ।'

कम्पनीका अनुसार रियलमीको कुनै पनि स्मार्टफोन खरिद गरेका ग्राहकहरू यस अफरमा यस योजनामा सहभागी हुन सक्नेछन्। यस योजनामा सहभागी हुनको लागि ग्राहकहरूले वेबसाइटमा गएर आफूले खरिद गरेको स्मार्टफोनको नम्बर, आफ्नो पूरा नाम र मोबाइल नम्बर दर्ता गर्नुपर्ने बताइएको छ। 

यो अफर असोज १५ देखि कार्तिक २२ सम्म लागु हुनेछ। 

असोज १४, २०८१ मंगलबार २०:११:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।