दुई वर्षपछि ५० करोड अमेरिकी डलरले बढ्यो श्रीलंकाको निर्यात

दुई वर्षपछि ५० करोड अमेरिकी डलरले बढ्यो श्रीलंकाको निर्यात

एजेन्सी : सन् २०२४ अगस्टमा श्रीलंकाको कुल निर्यात एक अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ। गत वर्षको सोही अवधिको तुलनामा यो ४.६७ प्रतिशतले वृद्धि भएको निर्यात विकास समितिले जनाएको छ।

श्रीलंका भन्सारको तथ्याङ्क उद्धृत गर्दै समितिले अगस्ट २०२४ मा व्यापारिक निर्यात प्रदर्शन एक अर्ब १० करोड अमेरिकी डलर रहेको जनाएको छ। यो सन् २०२३ को सोही अवधिको तुलनामा ४.१८ प्रतिशतले वृद्धि हो।

मुख्यतया कपडा, चिया, रबर, नरिवल आधारित उत्पादन र मसलाजन्य सामानको पैठारीले निर्यातमा वृद्धि भएको तथ्याङ्कमा जनाइएको छ। दुई वर्षको अन्तरालपछि, निर्यातले अगस्टमा ५० करोड अमेरिकी डलरको सीमा पार गरेको हो।

अगस्ट सम्मका लागि सेवा निर्यातको अनुमानित मूल्य ३१ करोड ८० लाख ७७ हजार अमेरिकी डलर तय गरिएको थियो। यो सन् २०२३ को समान अवधिको तुलनामा ६.४९ प्रतिशतले बढी हो।

असोज १४, २०८१ मंगलबार १९:५३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।