डिशहोमको इन्टरनेट जोड्दा र रिचार्ज गर्दा पाइने छ यस्ता उपहार

डिशहोमको इन्टरनेट जोड्दा र रिचार्ज गर्दा पाइने छ यस्ता उपहार

काठमाडौं : डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन जडान गर्ने र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत २०० एमबीपीएस र ३०० एमबीपीएसका वार्षिक प्याकेजमा थप तीन महिना बोनस मिल्नेछ।

अफरले ग्राहकका लागि थप फाइदा प्रदान गर्दै १२ महिनाको प्याकेज लिँदा तीन महिना निःशुल्क इन्टरनेट  पाउने अवसर मिल्ने कम्पनीले जनाएको छ।

त्यस्तै, ग्राहकले हरेक हप्ता लक्की ड्रमार्फत आकर्षक उपहार जित्नसक्ने र हप्तामा १२ भाग्यशाली विजेताले डीएचआई होम अपलायन्स, इटेल ए६० स्मार्टफोन, मिभी डुओपोड्स टी२० एयरपोड्स र डिशहोम फोरके स्ट्रिमरलगायत उपहार मिल्ने कम्पनीले जनाएको छ।

यसबाहके बम्पर लक्की ड्र अन्तर्गत एक विजेताले डीएचआई होम अपलायन्सेसको फ्रन्ट लोड वासिङ मेसिन जित्नसक्ने कम्पनीले जनाएको छ। 

यस्तै, अन्य उपकरणमा ४० प्रतिशतसम्मको छुट, मिभी डुओपोड्समा ५४ प्रतिशतसम्म छुट र फायरबोल्ट स्मार्ट वाचमा ७० प्रतिशतसम्म विशेष छुट मिल्ने कम्पनीले जनाएको छ।

यी अफर पाउन ग्राहकले डिशहोम इन्टरनेटको तीन महिना वा सोभन्दा माथिको प्याकेज खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नयाँ कनेक्सन लिने वा रिचार्ज गर्दा लक्की ड्रमा सहभागी हुन मिल्ने छ। 

असोज १४, २०८१ मंगलबार १९:२६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।