कांग्रेसले गाडी र हवाई यातायातको भाडा घटाउन सरकारलाई दबाब दिने

कांग्रेसले गाडी र हवाई यातायातको भाडा घटाउन सरकारलाई दबाब दिने

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलले सवारी साधन र हवाई भाडा दरमा भएको अस्वाभाविक मूल्य वृद्धिलाई घटाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ। 

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठकले सवारी साधन र हवाई भाडा दरमा भएको अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रण गरी सरकारलाई पहिलेकै भाडा दर कायम राख्न माग गर्ने निर्णय गरेको पार्टीका प्रमुख सचेतक श्याम कुमार घिमिरेले जानकारी दिए।  

उनले भने, ‘यस्तो परिस्थितिमा मूल्य वृद्धि गर्ने र कालोबजारी पनि हुन्छ। यस्तो सम्भावनालाई मध्यनजर राखेर सरकारले अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रण गरी अस्वाभाविक रुपले बढाएको भाडा दरलाई नियन्त्रण गर्ने, सवारी साधन र हवाई यातायातलाई पहिलेकै भाडा दर कायम राखोस् भन्ने माग गरेका छौं।’

त्यस्तै, बैठकले बाढी पहिरोको कारण क्षतविक्षत भएका अत्ति आवश्यक भौतिक पूर्वाधारहरूका संरचना तत्काल निर्माण गरेर सेवा सुचारू गर्न आग्रह गर्ने निर्णय पनि गरेको छ।  

असोज १४, २०८१ मंगलबार १७:४०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।