प्रधानमन्त्रीको दाबी 'दुई दिनभित्र खोज र उद्धारका काम सकिन्छ'

प्रधानमन्त्रीको दाबी 'दुई दिनभित्र खोज र उद्धारका काम सकिन्छ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ को अविरल वर्षा, बाढी, पहिरो र डुबानका राहत रकम वितरण सुरू भएको तथा खोज, उद्धारको कार्य दुई दिनभित्र गरिसकिने बताएका छन्। 

प्रधानमन्त्री ओलीले घाइतेहरूको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसक्ने सम्भावित रोगको रोकथाम र नियन्त्रणका  लागि आवश्यक प्रबन्ध गरिएको बताए। 

क्षतिग्रस्त भएका खानेपानी, सडक, टेलिफोन, विद्युत आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरू गरिएको पनि उनले बताए। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको पत्रकार सम्मेलन प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले प्रस्तुत गरेको प्रेस विज्ञप्तिमा विपद्का कारण दुई सय २४ को मृत्यु, २४ बेपत्ता र १५८ घाइते तथा उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको उल्लेख छ। 

विपद्को घटनाबाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन्। 

असोज १४, २०८१ मंगलबार १७:२३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।