दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छाड्न अदालतको आदेश

दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं : जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ।

साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले मंगलबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो।

उनीविरूद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा पाँच वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो।

एक युट्युब च्यानलमा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृको ‘चरित्रहत्या गरेको’ आरोप छ। 

ती महिलाले आफूमाथि गरेका अभद्र टिप्पणी युट्युब च्यानलसहित प्रसाईंविरूद्ध विद्युतीय कारोबार ऐनको उल्लंघन गरेको भन्दै उजुरी दिएकी थिइन्। त्यसपछि गत उनी असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ परेका थिए।

तर, प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिएको जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल फरार छन्। 

असोज १४, २०८१ मंगलबार १६:४७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।