प्रधानमन्त्रीको चासोमा एमाले मुख्यालयको क्षति, च्यासल पुगेर गरे निरीक्षण

प्रधानमन्त्रीको चासोमा एमाले मुख्यालयको क्षति, च्यासल पुगेर गरे निरीक्षण

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलको पार्टी कार्यालयमा अविरल वर्षा र बाढीले पूर्याएको क्षतिको अवलोकन गरे। बाढी पहिरोका कारण काठमाडौँका तीन जिल्लासहित काभ्रे लगायतमा ठुलो जनधनको क्षति पूर्याएको छ।

नेपाल आएपछि पहिलो पटक उनी मङ्गलवार च्यासलमा रहेको एमालेको पार्टी कार्यालय पुगेर क्षतिको निरीक्षण गरे।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ रोशीस्थित कोलाँती बजारमा शनिबार रोशी खोलाको बाढीले जगसहित पल्टाएको साढे दुईतले घर।सिंहदरबारमा बसेको दलको संसदीय दलको बैठकपछि उनी पार्टी केन्द्रीय कार्यालय पुगेर निरीक्षण गरेका हुन्। अविरल वर्षा र बाढीका कारण पार्टी कार्यालयको भुइँतला पूर्णत डुबेको थियो।

बाढीबाट उक्त तलमा राखिएका उपकरण र अन्य महत्त्वपूर्ण सामग्री नष्ट भएका छन्। 

असोज १४, २०८१ मंगलबार १६:०१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।