डुबान र हिलाम्मे एमाले पार्टी कार्यालयको अवलोकनमा पुगे प्रधानमन्त्री

डुबान र हिलाम्मे एमाले पार्टी कार्यालयको अवलोकनमा पुगे प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको ललितपुरस्थित च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गरेका छन्।

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा सो दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गरे। 

अविरल वर्षा र बाढीका कारण एमालेको भुइँ तलामा पूर्णतः डुबान भएको छ भने परिसर हिलाम्मे भएको छ।
 
बाढीका कारण उक्त तलामा रहेका उपकरण र महत्वपूर्ण सामग्री ध्वस्त भएको छ। 

दलको कार्यालयमा अहिले सरसफाइको क्रम सुरू गरेको छ।  

असोज १४, २०८१ मंगलबार १५:५८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।