सेयर बजार एकै दिन ११४.७० अङ्कले बढ्यो, कारोबार रकम सात अर्ब नाघ्यो

सेयर बजार एकै दिन ११४.७० अङ्कले बढ्यो, कारोबार रकम सात अर्ब नाघ्यो

काठमाडौँ : मङ्गलवार सेयर बजार ११४.७० अङ्कले बढेको छ। मङ्गलवार बजार ४.५७ प्रतिशतले बढेर बजार बन्द भएको हो। मङ्गलवार परिसूचक २६२३ अङ्क पुग्यो। कारोबार रकम ७ अर्ब ६१ करोड पुग्यो।

मङ्गलवार २ सय ४३ कम्पनीको मूल्य बढेको थियो भने एउटाको मात्र घट्यो। एउटाको स्थिर रह्यो। सबै क्षेत्रका सूचक भने बढेका छन्।

मङ्गलवार बैङ्किङ ३.८२, विकास बैङ्क ५.४८, फाइनान्स ९.७४, होटेल तथा पर्यटन ५.९७, हाइड्रोपावर ५.९८, लगानी ६.१०, जीवन बीमा ४.१२, उत्पादन २.१९, माइक्रोफाइनान्स ३.९८, निर्जीवन बीमा ३.०९, अन्य ४.६७ र व्यापार ३.९९ प्रतिशत बढेका छन्।

दुई दर्जन कम्पनीको मूल्य सकारात्मक सर्किट लेभल १० प्रतिशतले बढ्यो। बुटवल पावर, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, श्रीइन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, जानाकी फाइनान्स, गुह्येश्वरी फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मल्टिपर्पस फाइनान्स, रिलायन्स फाइनान्स, अरुणकाबेली पावरको मूल्य १० प्रतिशत बढ्यो।

यसैगरि दोर्दीखोला हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, सिटी होटेल, थ्रीस्टार हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, नेपाल फाइनान्स, बेस्ट फाइनान्स, एक्सल डेभलपमेन्ट बैङ्क, युनियन हाइड्रोपावर, मिडसोलु हाइड्रोपावर तथा पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढेर बजार बन्द भयो।

एनएलजी इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, सीईडीबी हाइड्रोपावर र अपि पावर कारोबार रकमका आधारमा क्रमशः अगाडि रहे।

असोज १४, २०८१ मंगलबार १५:४२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।