प्रधानमन्त्रीको अमेरिका भ्रमणले देशको प्रतिष्ठा बढाएको एमाले सचिवालय बैठकको निष्कर्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमणले देशको प्रतिष्ठा बढाएको एमाले सचिवालय बैठकको निष्कर्ष
फाइल तस्बिर

काठमाडौं : एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ।

होटल बसेरामा बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष समेत रहेका ओलीको भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई उजागर गरेको महासचिव शंकर पोखरेलले बताए।

‘प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक रह्यो,’ उनले भने, ‘औपचारिक र अनौपचारिक भेटले नेपालको अन्तर्राष्ट्रिय छविलाई उजागर गर्ने काम भएको छ। त्यसमा नेपालको प्रतिष्ठालाई वृद्धि गर्ने कुरामा भ्रमण उपलब्धिमूलक रहेको निष्कर्ष बैठकको छ।’

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघ महासभाको ७९औं महासभामा भाग लिएर हिजो फर्किएका हुन्।

असोज १४, २०८१ मंगलबार १३:२३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।