धनकुटामा २५ वर्षीया महिला बलात्कृत, आरोपित एक जना पक्राउ

धनकुटामा २५ वर्षीया महिला बलात्कृत, आरोपित एक जना पक्राउ

धनकुटा : २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा शहिदभूमी गाउँपालिका-४ बस्ने ३६ वर्षीय बिर्ख बहादुर भन्ने बिर्खलाल राई रहेका छन्। उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

राईले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

महिलाको स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको छ भने घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

असोज १४, २०८१ मंगलबार १३:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।